विनाशकारी बाढी देखेका र भोगेका बालबालिकाको मनोदशा कसरी बुझ्ने, कसरी सहयोग गर्ने
प्राकृतिक प्रकोप र अन्य खालका विपद्हरूमा पनि बालबालिकाहरू सर्वाधिक जोखिममा पर्छन्।
गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले धनजनको ठूलो क्षति भयो। सयौँ मानिसको मृत्यु भयो भने हराएका हजारौँ मानिसको अवस्था अझै अज्ञात छ। उक्त घटनापछि हजारौँ मानिस विस्थापित भएका छन्।
बाढी र त्यसले निम्त्याएको विनाश देखेका र भोगेका कैयौँ बालबालिकाको पनि मनोदशा पनि प्रभावित भएको छ।
तर बालबालिकामा उक्त घटनाले कस्तो प्रभाव पारेको छ भन्ने कसरी थाहा हुन्छ? अनि त्यस्ता बालबालिकालाई कस्तो सहयोग चाहिन्छ र त्यो कसरी उपलब्ध हुन सक्छ?
यस विषयमा बुझ्न 'बीबीसी हातेमालो'का लागि बालमनोचिकित्सक डा अरुणराज कुँवरसँग मनिका विश्वकर्माले गरेको कुराकानी सुन्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।