विपद्बाट प्रभावित क्षेत्रमा विद्यार्थीलाई एसईई परीक्षा दिलाउन कस्तो व्यवस्था गरिँदै छ
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले वासस्थान र विद्यालयमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रका कैयौँ बालबालिका अस्थायी बसोबास गरिरहेका स्थाननजिकै रहेका विद्यालयमा जान्छन्।
विनाशकारी बाढी आएको तीन महिना भइसक्दा समेत बसोबासको स्थायी प्रबन्ध नभएपछि उनीहरूलाई त्यहीँबाट पठनपाठन गरी परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ।
तर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारीमा रहेका बालबालिकालाई भने सम्बन्धित जिल्लामै गएर परीक्षा दिनुपर्ने बाध्यता हुन सक्छ। कि सरकारले त्यसका लागि वैकल्पिक व्यवस्था मिलाउला?
यसै सन्दर्भमा 'बीबीसी हातेमालो' का लागि प्रतीक्षा खनालले शिक्षा विभागका निर्देशक तथा सूचना अधिकारी निमप्रकाश सिंह राठौरसँग प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको व्यवस्थाबारे कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।