बाढीका कारण खाद्यान्न अभाव हुन सक्ने डर, सङ्कट टार्न के गर्न सकिएला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीका कारण खाद्यान्न अभाव हुन सक्ने डर, सङ्कट टार्न के गर्न सकिएला
Published

गत भदौमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा झन्डै १,८०० हेक्टर कृषियोग्य जमिन बगाएको सरकारको प्रारम्भिक अनुमान छ।

ठूलो मात्रामा कृषि उत्पादन तथा भण्डारणमा क्षति पुग्दा ती स्थानमा खाद्यान्न अभाव हुन सक्ने डर उत्पन्न भएको छ।

बाढी र पहिरोका कारण सडक सञ्जालमा पनि क्षति पुगेकाले सम्पूर्ण आपूर्ति प्रणालीमै अवरोध हुँदा प्रभावित क्षेत्रमा खाद्य असुरक्षाको खतरा बढेको छ।

यस्तो अवस्थामा के गर्न सकिएला? 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डा यमुना घलेलाई यससँग सम्बन्धित विभिन्न कुरा सोधेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।