तस्बिरमा जोर्डनी युवराज हुसेन र साउदी युवतीको विवाह

विवाह समारोह सुरु हुनुअघि जोर्डनका युवराज हुसेन र रजवा अल सैफ
Published

जोर्डनका युवराज हुसेन र साउदी युवती रजवा अलसैफको बिहीवार जोर्डनको राजधानी अम्मानस्थित जाहरान प्यालेसमा विवाह भएको छ।

विवाह समारोहमा १०० सयभन्दा बढी निम्तालुहरू थिए।

युवराजका कान्छा भाइ राजकुमार हाशिम बिन अब्दुल्लाहसँगै दुलहीलाई विवाहस्थलतिर गएको गएको दृश्य प्रत्यक्ष हेरे।

जोर्डनका युवराज हुसेन र रजवा अल सैफ

अट्ठाइस वर्षीय युवराज र २९ वर्षीया रजवा अल सैफको विवाह सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

उनीहरूले इस्लामिक परम्पराअनुसार विवाह गरेका थिए।

रजवा पेसाले आर्किटेक्ट हुन्।

विवाह समारोह सुरु भएपछि जोर्डनका युवराज हुसेन र रजवा अल सैफ
बेहुला र बेहुलीले एकअर्कालाई औँठी लगाइदिने क्रममा
तस्बिरको क्याप्शन, बेहुला र बेहुलीले एकअर्कालाई औँठी लगाइदिएका थिए
समारोहपछि दरबारबाहिर बेहुला र बेहुली

ब्रिटेनका राजकुमार र वेल्सकी राजकुमारीसहित विभिन्न देशका राजपरिवारका सदस्यहरू समारोहमा उपस्थित थिए।

अमेरिकी प्रथम महिला जिल बाइडन र उनकी छोरी एश्ली बाइडन पनि बिहेको निम्तो मान्न जोर्डन पुगेका थिए।

ब्रिटेनका राजकुमार र वेल्सकी राजकुमारीलाई स्वागत गर्दै जोर्डनका राजा र रानी
अमेरिकी प्रथम महिलालाई स्वागत गर्दै जोर्डनका राजा र रानी
समारोहका बेला दरबारबाहिर सर्वसाधारण मानिसहरूको भिड लागेको थियो
तस्बिरको क्याप्शन, समारोहका बेला दरबारबाहिर सर्वसाधारण मानिसहरूको भिड लागेको थियो
नवविवाहित दम्पतीले सर्वसाधारणलाई अभिवादन गरेका थिए

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।