मोरक्कोमा भूकम्प आउनुअघि र आएपछि खिचिएका केही ऐतिहासिक स्थलका तस्बिर

अदासिलमा आंशिक क्षति भएको एउटा मस्जिदअगाडि एक महिला केही सङ्केत गर्दै
तस्बिरको क्याप्शन, अदासिलमा आंशिक क्षति भएको एउटा मस्जिदअगाडि एक महिला केही सङ्केत गर्दै
Published

मोरक्कोमा गत शुक्रवार राति आएको भूकम्पका कारण क्षतिग्रस्त भवनहरूका भग्नावशेषमा उद्धारकर्मीहरूले जीवित मानिसको खोजी तीव्र बनाइरहँदा मृतकको सङ्ख्या पनि निरन्तर बढिरहेको छ।

भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या मङ्गलवार अपराह्णसम्म २,८०० पुगेको छ।

उक्त उत्तर अफ्रिकी राष्ट्रको दुर्गम पहाडी भेगमा केन्द्रबिन्दु बनाएर आएको ६.८ म्याग्निट्यूडको भूकम्पमा कतिपय ऐतिहासिक संरचनाहरू ध्वस्त भएका छन् भने केही सकुशल देखिन्छन्।

भूकम्पपीडितहरूलाई सहयोग गर्न रेडक्रस र रेड क्रेसन्ट सोसाइटीले आग्रह गरेका छन्।

खानेपानी, सरसफाइ र तत्काल आश्रयका लागि ११ करोड डलर आवश्यक पर्ने बताइएको छ।

मोरक्कोमा अधिकांश मानिसहरूको मृत्यु एट्लस पर्वतको ग्रामीण क्षेत्रमा भएको विवरणहरू आएका छन्।

तिन्मेल मस्जिद

तिन्मेल मस्जिद
तस्बिरको क्याप्शन, मोरक्कोको हाई एट्लस माउन्टेन्समा अवस्थित ऐतिहासिक स्थलमा निर्मित तिन्मेल मस्जिद नराम्ररी भत्किएको छ। भूकम्प अघि (माथि) र पछि (तल) लिइएका तस्बिरमा क्षतिको अवस्था देखिन्छ।
क्षतिग्रस्त तिन्मेल मस्जिदको छेउमा हिँड्दै एक व्यक्ति
तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकाय यूनेस्कोका अनुसार तिन्मेल मस्जिद विश्वसम्पदा सूचीका लागि छनोटमा परेको थियो।

जमा एल्फना

जेमा एल-फना मिनार
तस्बिरको क्याप्शन, माराकेशमा सर्वाधिक चर्चित धरोहर जमा एल्फना मिनारको भूकम्पअघि लिइएको तस्बिर माथि देखाइएको छ। तलको तस्बिरमा भूकम्पपछि त्यही स्थान देखाइएको छ।
यो तस्बिरमा पर्यटकहरू भूकम्पपछि ध्वस्त जमा एल्फना मिनारको बाटो हुँदै हिँडेको देखिन्छ
तस्बिरको क्याप्शन, यो तस्बिरमा पर्यटकहरू भूकम्पपछि ध्वस्त जमा एल्फना मिनारको बाटो हुँदै हिँडेको देखिन्छ
भूकम्पअघि लिइएको तस्बिरमा जेमा एल-फना क्षेत्र प्रमुख पर्यटकीय आकर्षणको केन्द्रको रूपमा देख्न सकिन्छ
तस्बिरको क्याप्शन, भूकम्पअघि लिइएको तस्बिरमा जमा एल्फना क्षेत्र प्रमुख पर्यटकीय आकर्षणको केन्द्रको रूपमा देख्न सकिन्छ
थप भूकम्प आउने त्रासमा मानिसहरूले जम एल्फनाको परिसरमा आश्रय लिने गरेका छन्
तस्बिरको क्याप्शन, थप भूकम्प आउने त्रासमा मानिसहरूले जम एल्फनाको परिसरमा आश्रय लिने गरेका छन्

कुतुबिया मस्जिद

माराकेशको कुतुबिया मस्जिद
तस्बिरको क्याप्शन, माराकेशको कुतुबिया मस्जिद (तस्बिरमा बायाँ)बाट भूकम्पको समयमा धुलो झर्दै गरेको दृश्य र भूकम्पअघि त्यही कोणबाट खिचिएको तस्बिर दायाँ
दिउँसोको समयमा लिइएको तस्बिरमा भूकम्पपछि पनि कुतुबिया मस्जिद सकुशल देखिन्छ
तस्बिरको क्याप्शन, दिउँसोको समयमा लिइएको तस्बिरमा भूकम्पपछि पनि कुतुबिया मस्जिद सकुशल देखिन्छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।