बाढीबाट प्रभावित स्थानमा खानेपानी जुटाउनै कठिन, उपलब्ध पानी कसरी उपभोग गर्ने

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीबाट प्रभावित स्थानमा खानेपानी जुटाउनै कठिन, उपलब्ध पानी कसरी उपभोग गर्ने
Published

गत भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका कैयौँ बस्तीमा पानीका मुहान र वितरण गर्ने पाइपलाइनमा क्षति पुर्‍यायो।

उक्त विपत्तिपछि आफूहरूलाई सुरक्षित खानेपानी जुटाउन निकै कठिन भएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

यस्तो परिस्थितिमा उपलब्ध पानीलाई स्वच्छ बनाएर कसरी उपभोग गर्न सकिन्छ? अनि पानीको स्रोत र वितरणमा उत्पन्न समस्यालाई दीर्घकालीन रूपमै समाधान गर्ने कस्तो प्रयास हुँदै छ?

बीबीसी हातेमालोका लागि प्रतीक्षा खनालले तयार पारेको यो रिपोर्ट सुनौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।