बाढीपीडितलाई चाउचाउ र बिस्कुटको साटो कस्तो खानेकुरा दिने

बाढीपीडितलाई चाउचाउ र बिस्कुटको साटो कस्तो खानेकुरा दिने
Published

भोटेकोशी र त्रिशूली बाढीका कारण विस्थापित भएका मानिसहरू बसेका अस्थायी शिविरमा धेरै परिमाणमा चाउचाउ र बिस्कुटजस्ता खानेकुरा पठाएको र उनीहरूले त्यही खाएर भोक मेटेको देखियो।

तर सधैँ चाउचाउ र बिस्कुटजस्ता प्याकेटका खानेकुरा खाँदा शरीरमा आवश्यक पोषण नपुग्ने अनि अरू दुष्प्रभाव पर्न सक्ने पोषणविद्‌हरू बताउँछन्।

बाढीबाट प्रभावित मानिसलाई चाउचाउ र बिस्कुटका सट्टा कस्ता खानेकुरा दिन सकिन्छ? अनि त्यसका लागि सरकारले के गर्न सक्छ?

यस विषयमा 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले पोषणविद् कविता महर्जनसँग कुराकानी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।