बाढीपछि बन्द विद्यालयमा कसरी मिलाइँदै छ पठनपाठनको चाँजोपाँजो
भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीले दर्जनौँ विद्यालयहरू बगाउँदा हजारौँ विद्यार्थीको पठनपाठन अवरुद्ध भयो।
ती विद्यार्थीमा मानसिक तथा मनोवैज्ञानिक प्रभाव पनि पुगेको छ। तर बिस्तारै विद्यालयहरू खुल्न थालेका छन्।
लामो समय पढाइ अवरुद्ध भएका विद्यार्थीहरूको पठनपाठन कसरी व्यवस्थापन हुँदै छ त?
'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले रसुवा जिल्लामा पर्ने नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।