बाढीले औषधि र पर्ची बगाएका वृद्धवृद्धालाई कस्तो सहयोग उपलब्ध छ

बाढीले औषधि र पर्ची बगाएका वृद्धवृद्धालाई कस्तो सहयोग उपलब्ध छ
Published

भोटेकोशी र त्रिशूली नदीबाट आएको बाढीबाट हजारौँ मानिस घरबारविहीन भएका छन्। तीमध्ये वृद्धवृद्धाको सङ्ख्या पनि उल्लेख्य छ।

विस्थापित वृद्धवृद्धामा रोग लागेका वा नियमित रूपमा औषधि सेवन गर्नुपर्ने मानिसहरू पनि छन्।

बाढीले धेरै जनाको औषधि र चिकित्सकले उपचार गर्दा लेखिदिएको पर्ची बगायो। कतिपयलाई आफूले सेवन गर्दै आएका औषधिको नाम पनि थाहा छैन भने कतिपयले औषधि किन्न जाँदा नपाएको गुनासो गरेका छन्।

यसै सन्दर्भमा 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले बाढीबाट प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारीलाई सम्पर्क गरी यस विषयमा कस्तो सहयोग उपलब्ध छ भन्ने जान्ने प्रयास गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।