चीनले दिएका ड्रोनमा झुन्ड्याएर बाढीबाट प्रभावित स्थानमा खानेकुरा र राहत सामग्री

बाढीबाट प्रभावित स्थानमा राहत सामग्री पठाउन तयार पारिएको ड्रोन
Published
पढ्ने समय: ३ मिनेट

तिब्बत हुँदै भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी नदीले धेरै ठाउँमा सडक र पुलहरू ध्वस्त पार्‍यो। प्रभावित स्थानसम्म पुग्न सडकमार्ग नभएकाले हेलिकप्टर प्रयोग गरेर खोज, उद्धार र राहत वितरणको कार्य थालियो।

अहिले केही स्थानमा गह्रुँगा सामान बोक्न सक्ने क्षमता भएका ड्रोनहरू प्रयोग गरेर खाद्यपदार्थ र राहत सामग्री पुर्‍याउन थालिएको छ।

यी तस्बिरहरू नुवाकोट जिल्लाको त्रिशूलीमा खिचिएको हो।

बाढीबाट प्रभावित स्थानमा राहत सामग्री पठाउन तयार पारिएको ड्रोन
बाढीबाट प्रभावित स्थानमा राहत सामग्री पठाउन ड्रोन उडाउने तयारी

चीन सरकारले नेपाललाई प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीमा सहयोग पुगोस् भनेर चारवटा ड्रोन उपलब्ध गराएको बताइएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनहरूको अधिकतम भारवहन क्षमता १०० किलोग्राम छ।

अहिले यिनमा ७० देखि ८० केजीसम्म सामान पठाइएको राहत वितरणमा संलग्न अधिकारी र सहायताकर्मीहरूले बताएका छन्।

बाढीबाट प्रभावित स्थानमा ड्रोन उडाएर पठाउन लागिएको राहत सामग्री
राहत सामग्री लिएर उडेको ड्रोन

यी ड्रोनहरू अब रसुवा र अरू स्थानमा पनि राहत विवरणका लागि प्रयोग गरिने बताइएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका कैयौँ स्थानहरू सडकसम्पर्कबाट अलग्गिन पुगेका छन्।

यद्यपि त्रिशूली नदीपारि जान केही स्थानमा तुइन पनि बनाइएको छ।

राहत सामग्री लिएर उडेको ड्रोन
त्रिशूली नदीको किनारमा राहत सामग्री लिएर उड्न लागेको ड्रोन हेर्दै मानिसहरू

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।