सौखिन फोटोग्राफरहरूले खिचेका किराफट्याङ्ग्राका लोभलाग्दा तस्बिर

किराफट्याङ्ग्रा
Published

संसर्गमा रहेको गोल्डन ट्याब्ड रोबर फ्लाइज : 'इट टेक्स टू' नाम दिइएको एक तस्बिर रोयल इन्टमलजिकल सोसाइटी इन्सेक्ट वीक (किराफट्याङ्ग्रा सप्ताह) प्रतिस्पर्धामा मुख्य विजेता बनेको छ। श्रूजबरीका पीट बुरफर्डले उक्त तस्बिर खिचेका हुन्।

सौखिन फोटोग्राफरहरूको उक्त वार्षिक प्रतिस्पर्धामा ३४ देशहरूबाट ७०० भन्दा धेरै सहभागी भएका थिए। तीमध्ये २४ तस्बिरले यस वर्ष विभिन्न पुरस्कारहरू पाए।

बुरफर्डले लकडाउनका बेला म्याक्रो फोटोग्राफी गर्दै आफ्ना काम इन्स्टाग्राम र टिकटकमा राखेका थिए।

स्वीडनका १६ वर्षीय गुस्तभ परिनमार्कले १८ वर्षमुनिका सहभागीको स्पर्धामा एक नीलो पुच्छर भएको ड्याम्जलफ्लाईको तस्बिरका लागि 'फ्रेश आउट अफ द शावर' शीर्षकको तस्बिरमा विजेता बनेका थिए।

किराफट्याङ्ग्रा

"सोखका लागि खिचिएका किराफट्याङ्ग्राका तस्बिरका गुणस्तर बढिरहने क्रम जारी रहँदा बर्सेनि यस प्रतिस्पर्धा कठिन हुँदै छ," फलमाउथ यूनिभर्सिटीका वरिष्ठ अध्यापक तथा मुख्य निर्णायक टिम ककरिलले भने।

"किराफट्याङ्ग्रा र तिनको लोभलाग्दो आकर्षणमा रुचि बढिरहनुको कारण हाम्रो जीवनमा उनीहरूको भूमिका र मानिसहरूले उनीहरूको जीवनमा खेल्नुपर्ने भूमिका अझ राम्ररी थाहा हुनु हो।"

मार्क ब्राउवरले खिचेको एक हमिङबर्ड हक मथको तस्बिरले १८ वर्षमाथिका सहभागीको विधामा दोस्रो स्थान जितेको थियो।

किराफट्याङ्ग्रा

रोयल इन्टमलजिकल सोसाइटीले आयोजना गरेको इन्सेक्ट वीक १९ जुनमा सुरु भई २५ जुनसम्म रहन्छ।

निर्णायकहरूको ध्यान खिचेको केही तस्बिरहरू यस्ता छन्।

किरा

रेमन्ड जे क्याननले खिचेको एक कमन बम्बलबी उडिरहेको तस्बिर।

किरा

सारा पर्किन्सले अपराह्न सूर्यमा एक अरिन्ज टिप पुतलीको तस्बिर खिचेका छन्।

किरा

हेलिनिका बुस क्रिकेटको यो लो-एङ्गल तस्बिर पानागीओतिस दलागिओर्गोसले खिचेका हुन्।

किरा

डेनिस टाइचर्ट भन्छिन्, "यो सुन्दर एन्ट लायन एउटा आँधीबेरीपछिको रातमा भेटिएको हो।"

किरा

एउटा सिक्स-स्पटेड टाइगर बीटलको तस्बिर बेन्जामिन साल्बले खिचेका हुन्।

किरा

एन्जल प्लाटाले एक अफेनोगेस्तेर इबेरिकाको तस्बिर खिचेका छन्। "नामैले भन्छ यो इबेरिअन प्रायद्वीपको रैथाने हो र त्यो मोरक्कोमा समेत पाइन्छ।"

किरा

सत्र वर्षे रोजा डनबारलाई १८ वर्ष मुनिका सहभागीको विधामा एक न्यूजिल्याण्ड प्रेइङ म्यान्टिसको यस तस्बिरका लागि दोस्रो पुरस्कार दिइएको छ।

किरा

सोह्र वर्षे गुस्तभ परिनमार्कले यस तस्बिरलाई टग अफ वार शीर्षक दिएका थिए।