तस्बिरमा डोनल्ड ट्रम्पको जीवन

युवावस्थामा डोनल्ड ट्रम्प
Published
पढ्ने समय: ६ मिनेट

डोनल्ड जन ट्रम्पको जन्म सन् १९४६ को जुन १४ मा न्यूयोर्कको क्वीन्स नगरमा भएको थियो।

उनी पाँच सन्तानमध्येका चौथो हुन्। उनका दुई दाजुभाइ र दुई दिदी थिए। अहिले उनकी दिदी एलिजाबेथ मात्र हाल जीवित छिन्।

उनका बुवा फ्रेडले न्यूयोर्कबाहिर रहेको उक्त सहरमा एउटा सफल निर्माण कम्पनी चलाएका थिए। सन् १९६८ मा उनी पहिलो पटक उक्त व्यवसायमा संलग्न भएका थिए। पछि उनले म्यान्हटनको केन्द्रमा आफ्नै व्यवसाय सुरु गरे।

ट्रम्प र उनका आफ्ना बुवा फ्रेड
तस्बिरको क्याप्शन, ट्रम्पका बुवा एक निर्माण व्यवसायी थिए
आफ्नो अग्ला भवनको नमुनाका साथ ट्रम्प
न्यूजर्सीको एट्लान्टिक सिटीमा ताजमहल कसिनोको उद्घाटनका क्रमपछि डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, न्यूजर्सीको एट्लान्टिक सिटीमा ताजमहल कसिनोको उद्घाटनपछि डोनल्ड ट्रम्प

कसिनो, आवासीय भवन, गल्फ कोर्स र होटलहरूमा उनले व्यवसाय विस्तार गर्दै एट्लान्टिक सिटीदेखि, शिकागो र लस भेगस हुँदै भारत, टर्की र फिलिपिन्ससम्म फैलाए।

ट्रम्पको भड्किलो शैलीले उनलाई न्यूयोर्कको व्यावसायिक जगत्‌मा छुट्टै पहिचान बनाउन सघायो। साथै टेलिभिजन कार्यक्रम 'द अप्रेन्टिस'सहित मनोरञ्जनको क्षेत्रमा पनि उनलाई ख्याति दिलायो।

डोनल्ड ट्रम्प
ट्विन टावर छेउ भएर आफ्नो हेलिकप्टरमा उड्ने क्रममा ट्रम्प
तस्बिरको क्याप्शन, ट्विन टावरछेउ भएर आफ्नो हेलिकप्टरमा उड्ने क्रममा ट्रम्प
आफ्ना छोरा डोनल्ड ट्रम्प जूनिअर र छोरी इभान्का ट्रम्पसँग डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, आफ्ना छोरा डोनल्ड ट्रम्प जूनिअर र छोरी इभान्का ट्रम्पसँग डोनल्ड ट्रम्प

ट्रम्पले तीन पटक विवाह गरेका छन् र उनका पाँच जना सन्तान छन्।

उनले सन् १९७७ मा पहिलो पटक इभाना जेलनिकोभासँग विवाह गरेका थिए।

ट्रम्प र उनकी प्रथम पत्नी इभाना जेलनिको
तस्बिरको क्याप्शन, ट्रम्प र उनकी प्रथम पत्नी इभाना जेलनिको
तेस्री श्रीमती मेलानियासँग ट्रम्प
तस्बिरको क्याप्शन, तेस्री श्रीमती मेलानियासँग ट्रम्पको सन् २००५ मा विवाह भएको हो

उनकी तेस्री श्रीमती मेलानियासँग सन् २००५ मा विवाह भएको हो। त्यसको सात वर्षअघि उनीहरूको भेट हुँदा ट्रम्प ५२ वर्षका थिए भने मेलानिया २८ वर्षकी थिइन्।

उनको राजनीतिक जीवनयात्रा सन् २०१५ मा सुरु भएको हो। त्यतिखेर उनले ट्रम्प टावरमा परिवारको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।

उनको नारा थियो: “मेक अमेरिका ग्रेट अगेन।” अर्थात् 'अमेरिकालाई फेरि महान् बनाऔँ'। सङ्क्षेपमा त्यसलाई 'एमएजीए' लेखिन्छ।

सन् २०१५ मा आयोजित पत्रकार सम्मेलनमा ट्रम्प
तस्बिरको क्याप्शन, ट्रम्पको राजनीतिक जीवनयात्रा सन् २०१५ मा सुरु भएको हो
डोनल्ड ट्रम्प
हिलरी क्लिन्टन र डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, सन् २०१६ मा ट्रम्पले हिलरी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति निर्वाचित भएका थिए

विवादित तथा तिक्ततापूर्ण चुनावी अभियानपछि उनले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै सन् २०१७ मा अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा शपथ लिएका थिए।

सन् २०१६ मा शपथग्रहण समारोहमा जाँदै डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, सन् २०१६ मा आयोजित शपथग्रहण समारोहमा जाँदै डोनल्ड ट्रम्प
ओभल अफिसमा डोनल्ड ट्रम्प

उनको राष्ट्रपतीय कार्यकाल अमेरिकी साझेदारहरूका लागि एउटा अन्योलपूर्ण समयका रूपमा रह्यो। त्यस बेला उनी विदेशी नेताहरूसँग खुलेरै विवाद गरिरहेको देखिन्थ्यो।

मुख्य जलवायु र व्यापार सम्झौताबाट पछि हट्नुका साथै उनले चीनसँग पनि 'व्यापार युद्ध' सुरु गरे।

सन् २०१८ मा क्यानडामा आयोजित जीसेभन सम्मेलनका बेला विश्वनेताहरूसँग ट्रम्प
तस्बिरको क्याप्शन, सन् २०१८ मा क्यानडामा आयोजित जीसेभन सम्मेलनका बेला विश्वनेताहरूसँग ट्रम्प
तात्कालिक ब्रिटिश प्रधानमन्त्री टरिजा मेसँग ह्वाइटहाउसमा ट्रम्प
तस्बिरको क्याप्शन, तात्कालिक ब्रिटिश प्रधानमन्त्री टरिजा मेसँग ह्वाइटहाउसमा ट्रम्प

कार्यकालको अन्तिम वर्षमा कोभिड महामारी सम्हाल्ने उनको शैलीलाई लिएर चर्को आलोचना भएको थियो।

सन् २०२० को चुनावी अभियानका बेला कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै उनी केही दिन एक्लिएर आराममा बस्नुपरेको थियो।

सन् २०२० को चुनावी अभियानका बेला ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भए

ट्रम्प सन् २०२० कोमा जो बाइडनसँग पराजित भए। तर उनले परिणाम स्वीकार गर्न मानेनन्। बरु चुनावमा धाँधली भएको दाबी गरेका थिए।

त्यो वर्षको ६ ज्यानुअरीमा उनले वाशिङ्टनमा आफ्ना समर्थकहरूको र्‍यालीलाई सम्बोधन गर्दै उनीहरूलाई कङ्ग्रेस भवनतर्फ अघि बढ्न आह्वान गरेका थिए।

उक्त र्‍यालीले दङ्गाको स्वरूपमा लियो।

क्यापिटल घटनाअघि सन् २०२० को ६ ज्यानुअरीमा वाशिङ्टनमा समर्थकहरूलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, क्यापिटल घटनाअघि सन् २०२० को ६ ज्यानुअरीमा ट्रम्पले वाशिङ्टनमा समर्थकहरूलाई सम्बोधन गरेका थिए
क्यापिटल हिलमा ट्रम्प समर्थकहरूले दङ्गा भड्काएका थिए
तस्बिरको क्याप्शन, क्यापिटल हिलमा ट्रम्प समर्थकहरूले दङ्गा भड्काएका थिए

त्यसपछि उनको राजनीतिक जीवनमा विराम लागे जस्तो देखियो। यद्यपि उनले पुनः राष्ट्रपतिको चुनावका लागि उम्मेदवार बन्ने घोषणा गरे र रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्न अघि सरे।

निर्वाचन प्रचारप्रसारमा सहभागी हुन जाँदा उनीविरुद्ध ९१ वटा आपराधिक अभियोगहरू लागेका थिए।

फुल्टन काउन्टी जेलको अभिलेखका लागि खिचिएको तस्बिर
तस्बिरको क्याप्शन, फुल्टन काउन्टी जेलको अभिलेखका लागि सन् २०२३ अगस्ट २४ मा खिचिएको ट्रम्पको तस्बिर

सन् २०२४ को मे महिनामा उनी ३४ वटा जालसाजीसम्बन्धी मुद्दामा दोषी ठहरिए।

ती सन् २०१६ को निर्वाचनअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई 'मौन बस्न' पैसा दिएको भन्ने आरोपसँग सम्बन्धित थिए।

यो वर्षकै गर्मीयाममा पेन्सिल्भेनिआको बट्लरमा एउटा चुनावी सभामा सम्बोधन गर्दै गर्दा एक २० वर्षीय बन्धुकधारीले उनको हत्याको प्रयास गरेका थिए।

एक २० वर्षीय बन्धुकधारीले पेन्सिल्भेनिआको बटलरमा उनको हत्या प्रयास गरेका थिए
तस्बिरको क्याप्शन, एक २० वर्षीय बन्धुकधारीले पेन्सिल्भेनिआको बटलरमा उनको हत्या प्रयास गरेका थिए
औपचारिक उम्मेदवार बन्दै गर्दा त्यसको केही समयअघिको हत्या प्रयासका कारण कानमा पट्टी लगाइएको थियो
तस्बिरको क्याप्शन, औपचारिक उम्मेदवार बन्दै गर्दा त्यसको केही समयअघिको हत्या प्रयासका कारण कानमा पट्टी लगाइएको थियो

त्यसको केही दिनपछि रिपब्लिकन न्याश्नल कन्भेन्शनमा उनी दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार स्वीकृत भए।

ट्रम्पको विजयले उनलाई अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति बनाउने छ।

आफ्नो कार्यकाल सकिँदा उनी ८२ वर्षका हुने छन्।

आफ्नो दोस्रो कार्यकाल सकिँदा ट्रम्प ८२ वर्षका हुने छन्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।