१०० मिटरको दौडमा युसेन बोल्टले बनाएको रेकर्ड चिनियाँ रोबटद्वारा 'भङ्ग'
चीनमा आयोजित 'वर्ल्ड ह्यूमनोइड रोबट गेम्स' मा एउटा मानवाकार रोबटले युसेन बोल्टले भन्दा कम समयमा १०० मिटर दौड पूरा गरेर मानवजातिलाई पछाडि पारेको छ।
बेइजिङ इनोभेशन सेन्टर अफ ह्यूमनोइड रोबटिक्सले निर्माण गरेको उक्त रोबटले १०० मिटरको दूरी ९.३९ सेकन्डमा पूरा गर्यो। ओलिम्पिक्स आठ पटक स्वर्ण पदक जितेका बोल्टले सन् २००९ मा ९.५८ सेकन्डमा १०० मिटर दूरी पार गर्दै नयाँ विश्वकीर्तिमान बनाएका थिए। त्यो रेकर्ड अझै कायम छ।
पहिला पछाडि रहेको उक्त रोबटले अन्य दुई रोबटलाई उछिन्दै साँघुरो अन्तरले विजेता हो। पराजित रोबटमध्ये चिनियाँ स्मार्टफोन निर्माता 'अनर' ले बनाएको रोबट पनि थियो। सो कम्पनीका अनुसार परीक्षणका क्रममा उक्त रोबटले ९.३२ सेकन्डमा १०० मिटरको दूरी पूरा गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



