भारत निर्वाचन: विद्युतीय मतदान उपकरणमा धाँधली भएको आरोपको निर्वाचन आयोगद्वारा खण्डन

भारत मतदान
तस्बिरको क्याप्शन, विपक्ष दलका नेताहरूले विद्युतीय उपकरण सुरक्षित भएको सुनिश्चितता खोजेका छन्
Published
पढ्ने समय: २ मिनेट

भारतमा सम्पन्न निर्वाचनमा प्रयोग गरिएका विद्युतीय मतदान उपकरण फेरेर वा त्यसमा परिवर्तन गरेर धाँधली गर्न लागिएको आरोपको भारतको निर्वाचन आयोगले खण्डन गरेको छ।

सात चरणमा गरिएको मतदान गत आइतवार सम्पन्न भएको थियो। आगामी बिहीवारदेखि मतगणना सुरु हुँदैछ।

विपक्षी दलहरूले बिहार तथा उत्तर प्रदेशका विभिन्न स्थानमा विद्युतीय मतदान उपकरण भेटिएको तथा सरकारी दबावमा ती उपकरण फेर्न खोजिएको दाबी गरेका छन्।

विपक्षी नेताहरूले निर्वाचन आयोगले मतगणना प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने तथा उपकरणमा परिवर्तन सम्भव नभएको सुनिश्चित गर्नुपर्ने बताएका छन्।

उत्तर प्रदेशको गाजीपुरमा बहुजन समाज पार्टीका एक प्रतिस्पर्धीले विद्युतीय उपकरण राखिएको स्थानबाहिर बसेर विरोध प्रदर्शन सुरु गरेका छन्।

उक्त स्थानमा राखिएका उपकरण बाहिर लग्ने प्रयास भइरहेको आरोप उनले लगाएका छन्।

स्थानीय अधिकारीहरूले भने उक्त आरोपको निराधार भएको प्रतिक्रिया दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational grey line

चन्दौलीमा समाजवादी पार्टीका समर्थकहरूले केही मतदान उपकरण सोमवार ल्याइएको दाबी गर्दै एउटा मोबाइल क्लिप आदानप्रदान गरिरहेका छन्। त्यहाँ आइतवार मतदान सम्पन्न भएको थियो।

स्थानीय अधिकारीहरूले भिडिओमा देखिएका उपकरण जगेडा भएको र व्यवस्थापकीय कारणले गर्दा अर्को निर्वाचन क्षेत्रबाट ल्याइएको बताएका छन्।

भारतीय निर्वाचन आयोगले भने त्यस्ता उपकरणलाई राख्ने क्रममा "उपयुक्त सुरक्षा उपाय र विधि" अवलम्बन गरिएको दाबी गरेको छ।

मतदान उपकरण
भारत मतदान
तस्बिरको क्याप्शन, विद्युतीय मतदान उपकरण र भोटर-भेरिफाइएवल पेपर अडिट ट्रेल उपकरण
मतदान उपकरण
Presentational white space

आरोपले के अर्थ राख्छ?

मतदान गरेर फर्किएका मानिसहरूमा गरिने एक्जिट पोल भनिने केही सर्वेक्षणहरूले भारतीय जनता पार्टीले (भाजपा) आगामी सरकार बनाउन संसद्‌मा सजिलै बहुमत प्राप्त गर्ने देखिएपछि विपक्षीहरूबाट धाँधलीको आशङ्का व्यक्त भएको छ।

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता सीताराम येचुरी निर्वाचन आयोगसँग मतदानमा प्रयोग हुने विद्युतीय उपकरण र अन्य उपकरणबीच तालमेल गराउन सक्ने प्रणाली नभएको बताउँछन्।

मतदानका क्रममा प्रयोग हुने विद्युतीय उपकरण र भोटर-भेरिफाइएवल पेपर अडिट ट्रेल नाम गरेको अर्को उपकरणसँग जोडिएको हुन्छ जसले मतदाताले छानेको दलको निर्वाचन चिह्न प्रकाशन गर्ने गर्छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

भारतको सर्वोच्च अदालतले निर्वाचन आयोगलाई प्रत्येक विधान सभा सीटका लागि निर्वाचन भएका कम्तीमा पाँच स्थानमा विद्युतीय मतदान उपकरण र भोटर-भेरिफाइएवल पेपर अडिट ट्रेलबाट प्रकाशन भएका सामग्रीको मिलान गरेर हेर्न निर्देशन दिएको छ।

तर विपक्षी दलहरूले भने हरेक निर्वाचन क्षेत्रका प्रत्येक स्थानमा नतिजा मिलान गरेर हेर्नुपर्ने माग अघि सारेका छन्।

भारतमा निर्वाचनको इतिहास

संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।

भारत निर्वाचन

पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।

सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो।

यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।

नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।